FAQs Complain Problems

विद्यार्थी भर्ना अभियान २०७६ सुभारम्भ

राक्सिराङ्ग, बैशाख १०, "राक्सिराङ्गको अपेक्षा, सबैलाई पुर्याउँ शिक्षा" भन्ने नाराका साथ राक्सिराङ्ग गाउँपालिकाले बिद्यार्थी भर्ना अभियान २०७६ औपचारिक रुपमा एक कार्यक्रम गरि सुभारम्भ गरेको छ | श्री राष्ट्रिय मा.वि.,राक्सिराङ्ग ६  सिलिङ्गेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री मोतिलाल प्रजाको सभाध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजकुमार मल्ल  थिए भने वडा नं. ६ का अध्यक्ष सिङ्गलाल प्रजा र वडा नं.७ का अध्यक्ष कुल ब. प्रजा बिशेष अथिति साथै गा.पा. शिक्षा संयोजक राजेश घिमिरे, श्रोत व्यक्ति केशव प्रसाद संजेल, सूचना प्रविधि अधिकृत अन्जन हटुवाल, दिगो विकासका लागि एकता संस्थाका प्रतिनिधिहरु अन्जन प्रसाद पौडेल र अनिल पौडेल लगाएत स्थानीय टोल विकस संस्थाका अध्यक्षहरु, साविक काँकडा गा.वि.स. (हाल राक्सिराङ्ग वडा नं.६,७ र ८) का १६ वटा बिद्यालयका प्र.अ. अतिथि थिए |

श्री राष्ट्रिय मा.वि., सिलिङ्गेका प्र.अ. तारानाथ दुवाडीको स्वागत मन्तव्यबाट सुरु कार्यकममा उनले "झिकाउ, टिकाउ, सिकाउ, र बिकाउ " भन्ने वाक्यलाइ विद्यार्थी संग तुलना गर्दै  प्रस्ट्याउनु भएको थियो | साथै कार्यक्रममा प्रमुख अतिथि राजकुमार मल्लले  कुनै पनि विद्यार्थी आर्थिक वा अन्य कारणले शिक्षाबाट बन्चित  हुन नपर्ने कुरा समेत बताए यदि समस्या भए त्यस्ता विद्यार्थीहरुको अभिभावकत्व गाउँपलिकाले लिने समेत बताउनु भयो | घाम अस्ताए पछी बिस्कुन सुकाउनुको कुनै अर्थ नभएको झैँ बेलैमा आ-आफ्ना बालवालिका विद्यालय भर्ना गर्न अनुरोध सेमत गर्नु भयो, शैक्षिक क्षेत्रको लगानी सबै भन्दा सुरक्षित र छिटो प्रतिफल दिने कुरा समेत बताउनुभयो | त्यस्तै दिगो विकासका लागि एकता नेपालका तर्फबाट अन्जन प्रसाद पौडेलले काँकडा क्षेत्रका सम्पूर्ण विद्यालयहरुमा  संस्थाले गरेकको सहयोग र सहकार्यको बारेमा समेत प्रस्ट्याउनुका साथै सिलिंगे देखि टाढा धिरांग, गर्लिंग जस्ता क्षेत्रहरुबाट बिद्यालय आउने बालबालिकाहरुका लागि छात्रवासको व्यस्था भए  खाना/ खाजाको जिम्मेवारी संस्थाले लिने प्रतिवद्धता  जनाए |

वाल विवाहका कारण विद्यालय छाड्ने  क्रम बढेकाले त्यस विषयमा कडाइकासाथ उत्रने कुरा वडा अध्यक्ष सिङ्गलाल प्रजाले बताउनुभयो | त्यस्तै कार्यक्रममा शिक्षा संयोजक राजेश घिमिरे एवं. प्रत्रकार शिव कुमार काशीले  समेत मन्तव्य राखेका थिए | 

बिद्यार्थी , शिक्षक, लगाएत सम्पूर्ण उपस्थित हरुद्वारा प्ले कार्ड तथा ब्यानर पोस्टर बोकी र्याली समेत आयोजना गरिएको थियो | साबिक गा.वि.स.का १६ विद्यालय समेटिने गरि गरिएको भर्ना अभियान  कार्यक्रम अब सम्पूर्ण विद्यालय क्षेत्र, वडातथा  घर दैलोको रुपमा गरिने भएको छ साथै काँकडाबाट सुरू गरिएको  यस अभियान साबिक राक्सिराङ्ग, सरिखेत र खैराँगमा समेत त्यस क्षेत्रका सपुर्ण बिद्यालयहरु समिटिने गरि गरिने कार्यक्रम रहेको छ | 

आर्थिक वर्ष: