FAQs Complain Problems

'समुदायमा सरकारी वकिल' बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

राक्सिराङ्ग गाउँपालिकामा यहि जेष्ठ ३१ गते  उच्च सरकारी वकिल कार्यालय, हेटौडाद्वारा १ दिने 'समुदायमा सरकारी वकिल' बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ | कार्यक्रम उच्च  सरकारी वकिल कार्यालयका प्रमुख बाबुराम अधिकारीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डूङ्ग र अतिथिहरुमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी लगाएत वडा अध्यक्षहरु थिए | त्यस्तै कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय, हेटौडाका नि. रजिष्ट्रार प्रदिप अधिकारी, उच्च अदालत बार एसोसिएसनका अध्यक्ष युवराज ओली, कानुन व्यवसायी  इश्वर ढकालको आतिथ्यता थियो |

कार्यक्रममा स्थानीय शिक्षक , बुद्दिजिबि, कर्मचारी लगाएत स्थानीय जनाप्रतिधिहरुको समेत उपस्थिति थियो |

कार्यक्रममा बाबुराम अधिकारीले समुदायमा सरकारी वकीलको भूमिका, आवश्यकता,  सरकारी वकिल कार्यालयले प्रदान गर्ने सेवा, मुलुकी अपराध (संहिता) ऐन २०७४ लगाएत अन्य कानुनि विषयलाइ प्रस्ट्याउनुका साथै उपस्थित व्यक्तिहरुको कानुनि प्रश्नहरुलाई समेत परामर्श प्रदान गर्नु भयो |

आर्थिक वर्ष: