FAQs Complain Problems

सूचना :

हाम्रो बारे :

Raksirang Rural Municipality Ward Map

संक्षिप्त जानकारी :
स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   गाउँपालिकाको केन्द्र : राक्सिराङ्ग ५, चैनपुर 

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : २५९९६ (राष्ट्रिय जनगणना २०७८), ३०८३० (घरधुरी सर्वेक्षण, २०७५ )

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ्ग, काँकडा, खैराङ र सरिखेत

साक्षरता दर : ७०.२%

बसोबास गर्ने  मुख्य जातजाति : तामाङ : ४६.२५.%, चेपाङ : ४३.९६%, क्षेत्री : २.७५%, दलित : २.३८%, मगर : १.५०%, नेवार : ०.५६%, ब्राम्हण : ०.०६%

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरको भुस्थान विवरण :-

उत्तरी अक्षांश: 27°32’53.19”NL

पूर्वी देशान्तर : 84°50’39.13”EL

गुगल प्लस कोड : GRXV+6MW

गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३६०४७९

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको जनसंख्या २५९९६ (राष्ट्रिय जनगणना, २०७८), ३०८३० (घरधुरी सर्वेक्षण २०७५, राक्सिराङ्ग गा.पा.) कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।
विपन्नता, अभावका समाचारमा आइरहने यो भूगोल पछिल्लो समय सम्भावनाको थलो बनेको छ। जल, जमीन, जंगल, जडिबुटि यो भूगोलको अमूल्य निधि हो ।
नेपालको वर्तमान संविधानले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने लक्ष्य लिएको छ । सोहि अनुसार गाउँपालिकाको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र संचालन गर्ने अभिभारा गाउँ कार्यपालिकामा रहे अनुसार गाउँपालिकाले आफ्ना क्रियाकलाप संचालन गरिरहेको छ । जनताका इच्छा आकांक्षा र चाहनालाई गाउँसरकारबाट सम्बोधन गरि सङ्घीयताका लाभहरूको सम्प्रेषण गर्ने महत्वपूर्ण जिम्मेवारी हाम्रो सामु रहेकाले यो चुनौतीलाई अवसरका रुपमा रुपान्तरण गरि परिवर्तनका सकारात्मक नतिजाहरुतर्फ इमान्दार तरिकाले केन्द्रित भइरहेका छौँ ।

हालको

वडा नं.

समावेश भएका साविक गा.वि.स.हरु

क्षेत्रफल

(वर्ग कि.मि.)

जनसङ्ख्या

परिवार सङ्ख्या

सरिखेत ८ र ९

२१.६३

२१८४

४६९

सरिखेत ६ र ७

१५.३५

२१५८

४६१

सरिखेत १, २, ३, ४ र ५

२०.५१

३६३७

८११

राक्सिराङ्ग १, २, ३, ४, ५, ६ र ७

३०.७२

२६६२

५४१

राक्सिराङ्ग ८ र ९

१८.१४

२८४८

५३८

काँकडा १ र ५

१०.३३

३१२४

५६२

काँकडा ६, ७, ८ र ९

३५.५५

३२८८

५५१

काँकडा २, ३ र ४

३४.३२

२७०६

४८३

खैराङ्ग १, २, ३, ४, ५, ६, ७, ८, ९

४०.१५

३३८९

६२८

जम्मा

२२६.७

२५९९६

५०४४

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.