FAQs Complain Problems

५ दिने नि:शुल्क आँखा शिविर सम्पन्न

चैनपुर, २०७६/०८/०६, राक्सिराङ्ग गाउँपालिकामा मङ्सिर ०२ गते देखि सुरु गरिएको नि:शुल्क आँखा  शिविर ६ गते सम्पन्न भएको  छ | श्री प्रजा जागृति आधारभुत विद्यालय, चैनपुरमा एक औपचारिक कार्यक्रम गरि शिविर समापन  गरिएको हो |

शिविरमा महिला २८८ र पुरुष २२२ गरि जम्मा ५१० जनाको आँखाको परिक्षण गरियो, जसमध्ये महिला ४२ र पुरुष ४४ गरि जम्मा ८६ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरियो | शिविर मङ्सिर २ गते सरिखेत स्वास्थ्यचौकीमा, मङ्सिर ३ गते काँकडा स्वास्थ्य चौकी र खैराङ्ग स्वस्थ्यचौकीमा,मङ्सिर ४ गते देखि ६ गते सम्म राक्सिराङ्ग स्वास्थ्यचौकी, चैनपुरमा संचालन गरिएको हो | शिविरहरुमा परिक्षण पश्चात शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई गाउँपालिकाद्वारा नि:शुल्क यातायात, खाना र बासको व्यवस्था मिलाई चैनपुर स्थित राक्सिराङ्ग स्वास्थ्यचौकीमा ल्याई शल्यक्रिया गरिएको  हो |      

नेपाल नेत्रहिन संघ, मकवानपुरका अध्यक्ष श्री तोरन बहादुर ओझाको प्रमुख आतिथ्यता रहेको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा रहेको थियो  भने  गाउँपालिकाका उपाध्यक्ष श्री निर्मला हिम्डूङ्ग बिशेष अतिथि, त्यस्तै  गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद बर्तौला, सूचना प्रविधि अधिकृत अन्जन हटुवाल,स्वास्थ्य संयोजक विजय कापरी, किर्तिपुर आँखा अस्पताल तथा अध्ध्यन केन्द्र किर्तिपुरका नेत्र बिशेषज्ञ डा. निशा मानन्धर, नेपाल नेत्रहिन संघ, पुनस्थापना कार्यक्रम, मकवानपुरका फिल्ड अधिकृत प्रेम महर्जन, वडा सदस्य शुरेश घलान,स्वास्थ्यकर्मी, स्वयम् सेवक, शिक्षक लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो | 

शिविर राक्सिराङ्ग गाउँपालिका, नेपाल नेत्रहिन संघ, पुनस्थापना कार्यक्रम, मकवानपुर र नेपाल नेत्र ज्योति संघ/त्रि.वि.किर्तिपुर आँखा अस्पताल तथा अध्ध्यन केन्द्र किर्तिपुरको संयुक्त आयोजनामा संचालन गरिएको हो |

 

आर्थिक वर्ष: