FAQs Complain Problems

असहाय, एकल महिला, बिधुवा, जेष्ठ नागरिक तथा अपाङ्ग र दलित बालबालिका सुरक्षा भत्ता

सेवा प्रकार:

लाग्ने समय: 
जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनुपर्ने र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ.व.को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि वडा समितिको बैठकबाट सिफारिस हुनुपर्ने
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी । 
  • बिधवा महिलाको लागि श्रीमानको मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २/२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी । 
  • अपाङ्गता·भएका व्यक्तिहरुको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपाङ्गता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपाङ्गको हकमा संरक्षक समेतको २ प्रति फोटो  (सबै लाभ ग्राहीहरुको निवेदनसंग २/२ प्रति फोटो अनिवार्य)