FAQs Complain Problems

७२ औं मानव अधिकार दिवसको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०७७/०८/२८ गते राक्सिराङ्ग गाउँपालिकाको कार्यालयको सभाहलमा ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमामा सीमान्तकृत समुदायको हकहित संरक्षणको लागि मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालय र राष्ट्रिय जनवकालत मंच नेपालको संयुक्त आयोजना तथा राक्सिराङ्ग गाउँपालिकाको संयोजनमा भएको हो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेशका निर्देशक श्री यज्ञ प्रसाद अधिकारी, प्रशासकीय अधिकृत श्री महेश्वर चापागाईं, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष जगत बराम तथा राष्ट्रिय जनवकालत मन्च नेपालका निर्देशक श्री भोला भट्टराईका साथै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगाएत जनप्रतिनिधिहरु, समाजसेवी, संघ संस्था, विद्यालयका प्रतिनिधि लगाएतकाको उपस्थिति रहेको थियो । सो कार्यक्रमबाट गाउँपालिका अध्यक्षको संयोजकत्वमा गाउँपालिका स्तरीय मानव अधिकार समन्वय समितिको समेत गठन गरियो ।   

आर्थिक वर्ष: