FAQs Complain Problems

आमा बुवा बचाऊ कार्यक्रमको औपचारिक सुरुवात ।

राक्सिराङ्ग गाउँपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा आमा बुवा बचाउ कार्यक्रम मार्फत समुदायमा आधारित प्यालिएटिभ केयर सेवा प्रदान गर्ने कार्यको सुरुवात गरेको छ । कार्यक्रमबाट ७० वर्ष माथिका गरिव तथा अति विपन्न वर्गका मानिसहरूलाई नि:शुल्क रुपमा घरदैलो मै गई चिकित्सक सहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिन्छ। यस कार्यक्रमबाट गाउँपालिकाको स्वास्थ्य चौकीका एम.बि.बि.एस. डाक्टर सहितको चिकित्सक टोलि र टेलिमेडिसिन(ईन्टरनेट) को माध्यमद्वारा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ट प्राध्यापक डाक्टरहरु सँग बिरामीले प्रत्यक्ष भिडियो संवाद गरी उपचार तथा परामर्श सेवा प्रदान गर्ने कार्यको सुरुवात गरिएको छ। आजबाट औपचारिक रुपमा सुरवात गरिएको यस कार्यक्रम आगामी वर्षहरुमा समेत निरन्तर रूपमा संचालन र थप विस्तार समेत गरिने छ।

 

प्यालिएटिभ केयर फोकल पर्सन: जीवन ठकुरी सम्पर्क नं.९८५५५०७०४१२ राक्सिराङ्ग गाउँपालिका, स्वास्थ्य शाखा

आर्थिक वर्ष: