राक्सिराङ्ग गाउँपालिकाले सुरु गरेको बृहत खोप अभियान अन्तर्गत २०७८ माघ ०७ गते पहिलो दिन चार वटा वडाहरुमा (४,५,८ र ९) संचालित १२ वटा खोप केन्द्रहरुबाट कुल ७१६ जानाले कोभिड-१९ विरुद्वको खोप लगाएका छन् ।
३० पौष २०७८, राक्सिराङ्ग गाउँपालिकाको गाउँसभाको एघारौं (हिउँदे ) अधिवेशन सम्पन्न भएको छ । सभाबाट चालु आ.व.२०७८/०८९ को बजेट तथा कार्यक्रम संसोधन तथा अर्धवार्षिक समिक्षा, न्यायिक समितिको प्रतिवेदन, स्थानीय तह संस्थागत स्व-मुल्यांकन, आ.व. २०७६/०७७ सम्मको बेरुजु सम्परीक्षण र आकस्मिक कार्यको लागि अधिकार प्रत्यायोजन सम्बन्धी प्रस्तावहरु सर्वसहमतिले पारित गरिएको छ ।