राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राजस्व प्रमुख ,लेखा प्रमुख र इन्जिनियरको टोलीले मनहरी चैनपुर खोला किनारमा भइरहेको नदिजन्य पदार्थको उत्खनन् अवस्थाबारे अनुगमन गरेको छ | प्रारम्भिक वातावरणीय परिक्षण अनुरुप उत्खनन् कार्य भए नभएको एकिन गर्न उक्त अनुगमन गरिएको हो |
राक्सिराङ्ग गाउँपालिका वडा नं. ०३, घट्टेखोलाका विपन्न ३५ घरधुरीका ७० जनालाइ विराट मेडिकल ट्रस्टको सहयोगमा नि:शुल्क जुत्ता र अति विपन्न परिवारलाइ १८ थान कपडा वितरण गरिएको छ |
राक्सिराङ्ग गा.पा.द्वारा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र संगको समन्वय र लागत साझेदारीमा वडा नं.०५ जिर्खे टोल , वडा नं. ७ दाम्राङ्ग गर्लिङ्ग र वडा नं. ८ देविटारका ३०/३० विपन्न परिवारहरुलाई सुधारिएको चुल्हो नि:शुल्क वितरण गरिएको छ |