राक्सिराङ्ग, बैशाख १०, "राक्सिराङ्गको अपेक्षा, सबैलाई पुर्याउँ शिक्षा" भन्ने नाराका साथ राक्सिराङ्ग गाउँपालिकाले बिद्यार्थी भर्ना अभियान २०७६ औपचारिक रुपमा एक कार्यक्रम गरि सुभारम्भ गरेको छ | श्री राष्ट्रिय मा.वि.,राक्सिराङ्ग ६ सिलिङ्गेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री मोतिलाल प्रजाको
मिति २०७५ चैत्र २१ देखि २७ सम्म राक्सिराङ्ग गाउँपालिका वडा नं.०७ को आयोजनामा उक्त क्षेत्रका सेवाग्राहीलाइ उनीहरुकै गाउँटोलमा नि:शुल्क घटना दर्ता शिविर २०७५ संचालन गरि सेवा प्रदान गरियो | यस कार्यक्रम मार्फत २५० भन्दा बढीले जन्म, मृत्यु , विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना दर्ता गराए |
लामो समयको जनप्रतिनिधि बिहीनतापछिको निर्वाचनबाट गाउँगाउँमा जनप्रतिनिधि आएपछि स्थानीयले जवाफदेही निकाय गाउँघरमै भेटेका छन् । सोही अवसरको सदुपयोग गर्दै मकवानपुरको विकट गाउँका गाउँलेले बिहीबार एक कार्यक्रमकाबीच जनप्रतिनिधिसँग आफ्ना गुनासा र सुझावहरु निर्धक्कले राखे ।
राक्सिराङ्ग गाउँपालिका अन्तर्गतको आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा चित्त नबुझेका विद्यालय तथा परीक्षार्थीले प्रति बिषय रु.१०० का दरले पुनर्योग दस्तुर बुझाई परीक्षाफल प्रकाशित मितिले १० दिन भित्र राक्सिराङ्ग गाउँपालिका शिक्षा शाखामा निवेदन पेश गर्नुहुन साथै उक्त परीक्षाका ग्रेडसिट र न