राक्सिराङ्ग गा.पा.द्वारा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र संगको समन्वय र लागत साझेदारीमा वडा नं.०५ जिर्खे टोल , वडा नं. ७ दाम्राङ्ग गर्लिङ्ग र वडा नं. ८ देविटारका ३०/३० विपन्न परिवारहरुलाई सुधारिएको चुल्हो नि:शुल्क वितरण गरिएको छ |
राक्सिराङ गाउँपालिका पशु पंछी विकास शाखाका प्राबिधिकहरुद्वारा खोरेत रोग प्रभाबित क्षेत्र(राक्सिराङ-८) मा १९० वटा पशुलाई खोप लगाइ अन्य ४० वटा पशुको उपचार गरिएको छ ।
१०९ औं अन्तर्राष्ट्रिय महिला दिवस राक्सिराङ गाउँपालिकाले विविध कार्यक्रम गरि मनायो । "लैंगिक समानताका लागि समान सोच र व्यबहार समृद्धिका आधार" भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा राक्सिराङका विभिन्न ठाउँहरुमा नाराहरुसहितको र्याली समेत अयोजना गरिएको थियो। कार्यक्रममा सेलर्ड कार्यालय