राक्सिराङ्ग गाउँपालिकाले चेपाङ विकास समन्वय समिति, राक्सिराङ्ग मार्फत गाउँपालिका भित्रका कक्षा ११ र १२ मा अध्ययनरत ३३ जना चेपाङ विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति स्वरूप क्रमश रु सात हजार र रु. दश हजारका दरले रकम प्रदान गरेको छ |
आज मिति २०७६/०३/१९ गतेका दिन राक्सिराङ्ग गाउँपालिकाको वडा नं.५ चैनपुर स्थित राक्सिराङ्ग गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको संयोजकत्वमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पालिका स्तरीय कार्यक्रम सम्पन्न गरियो |
राक्सिराङ्ग गाँउपालिकाले मनहरी चैनपुर सडक निर्माणबाट हुन गएको वातावरणीय क्षतिको पूर्ति गर्न सडक किनारामा वृक्षारोपण गरेको छ | आषाढ १४ गते रहेको राष्ट्रिय वृक्षारोपण दिवसको अघिल्लो दिनबाटै गाउँपालिकाले यो अभियानको सुरुवात गरेको छ | ६ कि.मी.
मिति २०७६-०३-१० गतेबाट राक्सिराङ्ग गाउँपालिकाको पाचौं गाउँसभा सुरु भएको छ | सभाबाट आ.व.२०७६/७७को नीति तथा कार्यक्रम सर्बसहमतिले पारित गरिएको छ भने कुल ४५,०९,७६०००/- को बजेट पेश गरिएको छ, जसमध्ये पुँजीगत तर्फ रु.१७ करोड ७८ लाख ३२ हजार र चालु, प्रशासनिक लक्षित एवं प्रवर्द्धनात्मक कार्यक्रम तर्फ
२०७६ आषाढ ०५ गते गाउँपालिका केन्द्र चैनपुरमा राक्सिराङ्ग गाउँपालिकाको आर्थिक सहयोगमा राक्सिराङ्ग गाउँपालिका दलित समन्वय समितिको संयोजनमा गाउँपालिका भित्र रहेका दलितहरुको शशक्तिकरणका लागि एक दिने जनचेतनामुलक कार्यक्रम आयोजना गरियो | गाउँपालिका अध्यक्ष राजकुमार मल्ल प्रमुख अतिथि रहेको कार्यक्रममा
राक्सिराङ्ग गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका स्तरीय आदिबासी जनजाती समन्वय समितिद्वारा गाउँपालिकाका १५ जनालाई ३ महिने कम्प्युटर बेसिक कोर्षको तालिम प्रदान गरिएको छ | कुल एक लाख बजेट रहेको कार्यक्रममा सहभागीहरुलाई एक कार्यक्रम बीच गाउँपालिका अध्यक्ष राजकुमार मल्ल लगाएतले प्रमाणपत्र वितरण गर्न