आ.व. २०७५/७६ मा कुल १ करोड ९६ लाख लागत अनुमान तयार गरिएको राक्सिराङ्ग ५ चैनपुर र राक्सिराङ्ग ३ आल्दमार जोड्ने २५० मि. को झोलुङ्गे पुल निर्माण कार्यको लागि इ- बिडिंग गरिएकोमा नेपाल फुलबारी- स्वर्णिम अन्सुमन जे.भी. ले रु.
चैत्र १, राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरको टोलीले राक्सिराङ्ग-३, घट्टेखोला स्थित श्री झरना प्रारम्भिक बाल विकास केन्द्रको भौतिक तथा अन्य समग्र अवस्थाबारे अनुगमन गरेको छ | २५ विद्यार्थीको क्षमता रहेको उक्त बालविकास केन्द्रमा हाल १३ जाना विद्यार्थीहरु छन् |
राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राजस्व प्रमुख ,लेखा प्रमुख र इन्जिनियरको टोलीले मनहरी चैनपुर खोला किनारमा भइरहेको नदिजन्य पदार्थको उत्खनन् अवस्थाबारे अनुगमन गरेको छ | प्रारम्भिक वातावरणीय परिक्षण अनुरुप उत्खनन् कार्य भए नभएको एकिन गर्न उक्त अनुगमन गरिएको हो |
राक्सिराङ्ग गाउँपालिका वडा नं. ०३, घट्टेखोलाका विपन्न ३५ घरधुरीका ७० जनालाइ विराट मेडिकल ट्रस्टको सहयोगमा नि:शुल्क जुत्ता र अति विपन्न परिवारलाइ १८ थान कपडा वितरण गरिएको छ |