FAQs Complain Problems

सुन्दर राक्सिराङ्ग

Read More

चेपाङ जातिले न्वागी पर्व मनाउँदै

Read More

राक्सिराङ्ग ६ सिलिंगेबाट देखिने दृश्य

Read More

मनमोहक दृश्य, राक्सिराङ्ग ८

Read More

लाल पार्क, राक्सिराङ्ग ५

Read More

हाम्रो बारे :

संक्षिप्त जानकारी :

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   

गाउँपालिकाको केन्द्र : राक्सिराङ्ग ५, चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : २५९९६

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ र सरिखेत

साक्षरता दर : ७०.२%

बसोबास गर्ने  मुख्य जातजाति : तामाङ : ४६.२५.%, चेपाङ : ४३.९६%, क्षेत्री : २.७५%, दलित : २.३८%, मगर : १.५०%, नेवार : ०.५६%, ब्राम्हण : ०.०६%

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरको भुस्थान विवरण :-

उत्तरी अक्षांश: 27°32’53.19”NL

पूर्वी देशान्तर : 84°50’39.13”EL

गुगल प्लस कोड : GRXV+6MW

गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३६०४७९

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको २५९९६ (राष्ट्रिय जनगणना, २०७८), ३०८३० (घरधुरी सर्वेक्षण २०७५, राक्सिराङ्ग गा.पा.) कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।

हालको वडा नं.

समावेश भएका साविक गा.वि.स.हरु

क्षेत्रफल (वर्ग कि.मि.)

सरिखेत ८ र ९

२१.६३

सरिखेत ६ र ७

१५.३५

सरिखेत १, २, ३, ४ र ५

२०.५१

राक्सिराङ्ग १, २, ३, ४, ५, ६ र ७

३०.७२

राक्सिराङ्ग ८ र ९

१८.१४

काँकडा १ र ५

१०.३३

काँकडा ६, ७, ८ र ९

३५.५५

काँकडा २, ३ र ४

३४.३२

खैराङ्ग १, २, ३, ४, ५, ६, ७, ८ र ९

४०.१५

जम्मा

२२६.७

Pages

सूचना तथा समाचार

गाई भैसीमा लम्पी स्किन रोगको भ्याक्सिन लगाउने सम्बन्धी सूचना
ध्यानकर्षण सम्बन्धमा।
योजना सम्पन्न गर्ने/गराउने सम्बन्धमा।
आ.व.२०८०/०८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणका सन्दर्भमा हुने अन्तरक्रिया कार्यक्रमको मिति संसोधन सम्बन्धमा।
आ.व. २०७८-०७९ को लेखा परिक्षण प्रतिवेदन
कार्यक्रममा सहभागी हुने सम्बन्धमा।
गर्मी विदा सम्बन्धमा
वडा नं.९ खैराङ्गमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न।
आ.व.२०८०/०८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणका सन्दर्भमा हुने अन्तरक्रिया कार्यक्रम सम्बन्धमा।
विश्व वातावरण दिवस मनाउने सम्बन्धी अनुरोध
कार्यक्रममा सहभागी पठाउने सम्बन्धमा।
कफी बारिस्टा तालिम संचालन हुने सम्बन्धी सूचना।
सार्वजनिक सुनुवाई हुने सम्बन्धी सूचना।
सहभागी पठाइदिने सम्बन्धमा।
बाल मैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम अन्तर्गतको गाउँपालिका स्तरीय बाल संजाल गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
अति सिमान्तकृत तथा लोपोन्मुख समुदायले पूर्ण खोप तथा संस्थागत सुत्केरी बापतको उत्प्रेरणा रकम माग गर्ने सम्बन्धी सूचना।

Pages

अध्यक्ष

राज कुमार मल्ल

९८५५०७७६०१

raksirang.rmc@gmail.com

उपाध्यक्ष

बनस्तम थिङ

९८५५०७७६०२

banastamthing@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

देब चन्द्र गर्तौला

९८५५०८८८६६

info@raksirangmun.gov.np

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / इन्जिनियर
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) कार्य सम्पन्न प्रतिवेदन

२) नापी किताब खर्चको बिल भरपाई

३) उपभोक्ता समितिको फर्छ्यौटका लागि निर्णय प्रतिलिपि

४) योजनाको फोटो र प्रतिवेदन

५)  वडा स्तरीय अनुगमन समितिको निर्णय

६) वडा कार्यालयको सिफारिश

७) आयोजनामा लागेको खर्च (सार्वजनिक सुनुवाइ गरेको)

८) गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १०दिन सम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / इन्जिनियर
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) प्राविधिकको अन्तिम मूल्याङ्कन

२) कार्य सम्पन्न प्रतिवेदन

३) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, विवरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत /योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१)उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- उमेर/प्रमाण पुगे पश्चात सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गरेको आगामी महिनाबाट भत्ता प्राप्त हुने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • पासपोर्ट साइजको २ प्रति फोटो,
  • बालबालिकाको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • अपाङ्गता (क र ख वर्ग) भएको व्यक्तिको हकमा गाउँपालिकाबाट जारी भएको अपाङ्गता परिचयपत्रको प्रतिलिपि साथै पूर्ण अपाङ्ग (क वर्ग) को हकमा संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
  • असहाय एकल (विधवा) महिलाको हकमा पतिको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको वडाको सिफारिस,
  • सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको ६० वर्ष माथिको महिलाको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको वडाको सिफारिस,
  • न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष माथिको महिलाको हकमा न्यायिक पृथकीकरण भएको प्रमाणपत्रको प्रतिलिपि,
  • ६० वर्ष माथिको अविवाहित महिलाको हकमा विवाह नगरेको वडाको सिफारिस
सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु.१००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित  महिलाको  हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रकोे प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रकोे प्रतिलिपि (बिद्यार्थीका हकमा)
५) विवाह दर्ता प्रमाणपत्रकोे प्रतिलिपि (बिबाहिताका हकमा)
६) बसाँई सरी आएको हकमा बसाँइ सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोट साईजका फोटो २ प्रति
८) चालुु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयका सिफारिस
१०) प्रतिलिपि नागरिकताका हकमा पुराना नागरिकताका प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र , श्रीमान / श्रीमतीका नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, श्रीमतीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र , अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाण , पति पत्नीको नागरिकताको प्रतिलिपि - १/१ प्रति , केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क । रु ५०।–
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) मृतकका  नागरिकता र सूचना  दिन आउनेका नागरिकता
३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकका नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि , बसाई सराई गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात , जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा पनि पाश गर्नु पर्ने । बसाई सराई गरि आउनेको हकमा बसाई सराई गरि ल्याएको प्रमाणपत्र , जाने आउने सबै व्यक्तिको नागरिकता र जन्म दर्ताको प्रतिलिपि , चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकिकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र , बाल बालिकाको बाबु / आमाको नागरिकता , चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद , अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रतिलिपि ।

जानकारी